चितवन, ३० असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा नभएको बताउदै उनले बरु आफैंभित्र मौलाएको अराजकताबाट खतरा भएको बताएका छन् ।
आज नेकपाको चितवन जिल्ला समितिले दशैं, तिहारलगायतका चाडपर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले रुसी कम्युनिष्ट पार्टीको पतनको सन्दर्भ निकाल्दै भने, ‘कम्युनिष्ट पार्टीलाई प्रतिगामीबाट खतरा छैन, आफैंभित्र मौलाएको अराजकताबाट खतरा छ, यस्ता प्रवृत्तिहरु हावी हुन दिनुहुँदैन ।’
अध्यक्ष दाहालले देशभरिका प्रतिगामीहरुको खेल्ने थलोका रुपमा चितवनलाई प्रयोग गर्न खोजिएको जिकिर गर्दै भने, ‘प्रतिगामीहरुले धेरै माथि उठेको जिल्ला, पार्टी, नेतृत्वलाई नै आक्रमण गर्छन् र आक्रमणको योजना बनाउँछन्, ‘धेरै माथिबाट तल खसाल्न सकियो भने हड्डी पनि बाँकी रहदैन भन्ने उनीहरुलाई लागेको हुनसक्छ, यस्ता प्रवृत्तिहरुलाई चिन्नुपर्दछ ।’










प्रतिक्रिया दिनुहोस्