काठमाडौँ, ३ कार्तिक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आगामी दशकलाई भ्रमण वर्षको रुपमा मनाउनु पर्ने बताएका छन् ।
आज गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले भने, ‘आगामी वर्ष हामीले भ्रमण वर्ष मनाउँदै छौँ, सफल हुनेछ, ‘तर २०२० मै यो अभियान सम्पन्न हुँदैन, आगामी दशकलाई नै भ्रमण वर्षको दशकको रुपमा मनाउनु पर्छ ।’
उनले भ्रमण वर्षको उदघाटन समारोह जनवरी १ मा हुने र त्यो दिन नेपालका दूतावास रहेका सबै देशका पर्यटन मन्त्रीहरु आउने जानकारी समेत दिएका छन् ।
मन्त्री भट्टराईले पर्यटनको क्षेत्रबाटै हजारौंलाई रोजगारी दिन सकिने बताउदै यसमा सबैले लागिपर्नु पर्ने बताए । आगामी वर्ष नै अन्तर्राष्ट्रिय विमानस्थल थपिने भन्दै उनले यसबाट मुलुकमा पर्यटक भित्राउन अझ सहज हुने बताए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलाई स्तरोन्नति गरिने समेत बताउदै उनले अध्यागमनमा नयाँ प्रविधिहरु प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताए ।
मन्त्री भट्टराईले ट्वीनअटर जहाजहरुलाई प्रदेशतिर सेवा दिन लगाएर काठमाडौंभित्र ठूला जहाजमात्रै प्रयोगमा ल्याउने योजना रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्