सम्पादकीय

नेपाली महिलालाई बिदेसिन समस्या



काठमाडौं, १० चैत ।  नेपालको कानुनले १८ बर्ष पुगेको हरेक व्यक्तिलाई समान रुपमा घुमफिरको अधिकार दिएपनि इजरायल र साउदी अरब जाने महलिाको हकमा सरकारी निकायबाटै उमेरको हदबन्दी तोकिएपछि नेपाली श्रमबजार तरगिंत भएको छ ।
सरकारी निकायको अन्योल र श्रम तथा रोजगार मन्त्रालयले बनाएको विभेदकारी नियमका कारण १८ बर्ष पुगेका महिलाले पासपोर्ट लिए पनि चाहेको देशमा रोजगारीको लागि जान पाइरहेका छैनन् । सरकारले महिलाको सुरक्षाको लागि उक्त नियम बनाइएको तर्क गरे पनि त्यसको सान्दर्भिकता र औचित्य पुष्टि हुन सकेको देखिँदैन ।

अमेरिका, युरोप जस्ता मुलुकमा १८ बर्ष पुगेका महिलालाई जान दिने कानुन बनाएको सरकारले खाडी मुलुकमा घरेलु कामदार र इजरायल जान उमेरको हद तोक्नु कुनै अर्थ नभएको आवाज उठ्न थालेको छ ।

खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिलाको न्यूनतम उमेर २४ बर्ष ताकिएको छ । त्यस्तै इजरायलको केयर गिभरमा २५ बर्ष पुगेको महिला मात्र जान पाउँछन् । नागरिकमा समाचार  छ ।