समाचार

हिउँमा चिप्लीएर एक जना विदेशी नागरिकको मृत्यु



दोलखा, ४ कार्तिक । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ मा हिउँमा चिप्लीएर एक स्पेनी नागरिकको मृत्यु भएको छ ।

रोल्वालिङ हिमश्रृङ्खलाअन्तर्गतको छिकिमागो हिमाल आरोहणका लागि गएका ४४ वर्षीय लुइस फिलिप भल्भर्दी गुजम्यानको हिउँमा चिप्लिएर मृत्यु भएको हो । सो घटनामा अर्का स्पेनी नागरिक डेभिड सुइला फर्नान्डिज घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते फर्नान्डिजलाई सिम्रिक एयरको हेलिकप्टरमा उद्धार गरी आज उपचारका लागि काठमाडौँ लगिएको छ ।