पाँचथर, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच कुनै विवाद नरहेको बताएका छन् ।
आज पाँचथरको फिदिममा भएको कार्यक्रम प्रशिक्षणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘समग्र स्थितिलाई कसरी लैजाने भनेर समिक्षा गरेका छौं र एउटा समझदारीमा फेरि अगाडि जाने संकल्प गरेका छौं । होहल्ला र प्रचारको भ्रममा नपर्न आग्रह गर्छु ।’
प्रधानमन्त्री ओलीबीच सोमबार मात्र आफ्नो दुई घण्टा कुराकानी भएको बताउदै उनले भने, ‘मुलभूत रुपमा सहमति कार्यान्वयनमा अगाडि बढिरहेका छौं । अरु सबै समझदारीहरु महाधिवेशनसम्म जाँदा कार्यान्वयन हुन्छन् ।’










प्रतिक्रिया दिनुहोस्