भरतपुर महानगरपालिका–१० की ४४ वर्षीया प्रतिमा कोइरालाले क्यान्सरको उपचार गराएर रोगमाथि विजय प्राप्त गरेकी छिन् ।
१२ वर्षअघि उनले आफूलाई स्तन क्यान्सर भएको थाहा पाइन् । उपचार गरिन् । क्यान्सर भएको थाहा पाउँदा उनको विवाह भएको १५ महिनामात्र भएको थियो । उनी त्यस समय नर्सिङमा स्नातक गर्दै थिइन् । स्वास्थ्यको विद्यार्थी भए पनि क्यान्सरको बिरामी भएको थाहा पाउँदा उनी झस्किइन् । तर सानै उमेरमा क्यान्सर संक्रमित भएर पनि उनले आफूलाई कमजोर बन्न दिइनन् ।
‘क्यान्सर भएको थाहा पाउनासाथ तत्काल उपचार सुरु गरें,’ उनले भनिन्, ‘हिम्मत हारिनँ, आफूमा आत्मबल बलियो राखें ।’ उनी अहिले चितवन मेडिकल कलेजमा कार्यरत छिन् । यो समाचार आजको नागरिकमा छ ।
प्रतिक्रिया दिनुहोस्