वीरगञ्ज, ७ कात्तिक । छोरीलाई बलात्कारको आरोपमा बाबुलाई प्रहरीले पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई आफ्नै १५ वर्षीया छोरी लाई मादक पदार्थ सेवन गरी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो । किशोरीकी आमा रोजगारीका सिलसिलामा कुवेतमा छिन् ।
घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्