समाचार

दुई जना फरार अभियुक्त पक्राउ



जनकपुरधाम, ८  कार्तिक । छुट्टाछुट्टै मुद्दामा फरार रहेका दुई जना अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरेको छ  ।

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएर तथा सरकारी छाप किर्ते गरेको मुद्दामा फरार रहेका ८३ वर्षीय राम उदगार जगत दुसाधलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा उनलाई जिल्ला अदालतबाट ३ महिना १८ दिन कैद तोकिएको छ । यस्तै, सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका सिरहाको साविक सिलोर्वा पछवारी गाविस ५ का ६० वर्षीय जुगे यादवलाई पक्राउ गरिएको छ ।

दुबैलाई उनीहरुको घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।