राजनीति

मन्त्री पुन र जापानी राजदूतबीच भेटवार्ता



काठमाडौँ, ८ कार्तिक । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र जापानी राजदूत मासामिची साइगोबीच भेटवार्ता भएको छ ।

सिंहदरवारस्थित उर्जामन्त्रालयमा बिहिवार भएको भेटवार्तामा द्धिपक्षिय हित र आपसी सहयोगका विषयमा छलफल भएको बताइएको छ । भेटमा मन्त्री पुनले गत महिना भएको आफ्नो जापान भ्रमण सफल भएको र उक्त भ्रमणमा भएका सहमतीलाई अघि बढाउन मन्त्रालयले काम गरिरहेको बताउनुभयो ।

मन्त्री पुनले राष्ट्रपति विद्यादेवी भण्डारी जापानको उच्चस्तरिय भ्रमण सकेर नेपाल फर्केको भन्दै आगामी दिनमा पनि उच्चस्तरमा द्धिपक्षिय भ्रमण जारी रहने विश्वास व्यक्त गर्नुभयो।