Banner News

प्रधानमन्त्री ओली र भारतका उपराष्ट्रपति नाइडुबीच भेटवार्ता



काठमाडौँ, ९ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका उपराष्ट्रपति वैंकया नाइडुसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार अजरबैजानको बाकुमा असंलग्न आन्दोलनको शिखर सम्मेलनमा भाग लिन पुग्नुभएका प्रधानमन्त्री ओलीले सोही सम्मेलनको साइडलाइनमा भारतका उपराष्ट्रपतिलाई भेटेको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।