नवलपरासी, ९ कार्तिक । आमाको हत्या गरेको अभियोगमा नवलपरासीको सरावल गाउँपालिका-३ गोहीनीबाट एक जनालाई पक्राउ गरेको छ ।
शुक्रबार बिहान ६५ वर्षीया कैलाशी देवी लोनीयालाई कुटपिट गरी हत्या गरेको अभियोगमा ४४ वर्षीय दीर्घ नारायण लोनियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कैलाशीलाई जिल्ला अस्पताल परासीबाट थप उपचारको लागि गौतम बुद्ध मुटु अस्पताल बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।










प्रतिक्रिया दिनुहोस्