काठमाडौँ, ९ कार्तिक । नेपाल टेलिकमले नेपालीहरुको महान चाड तिहारका साथै छठ र नेपाल संवतका अवसरमा गत वर्षहरुमा जस्तै यस वर्ष पनि कम्पनीका सेवाहरुमा विभिन्न आकर्षक छुट उपलब्ध गराउने भएको छ ।
जीएसएमरसीडीएमए प्रिपेडरपोष्टपेड मोबाइलमा रिचार्ज गर्दा बोनस उपलब्ध गराइने छ । आगामी कात्तिक १० देखि १६ गतेसम्म रिचार्ज कार्ड वा एमपोसबाट रिचार्ज गर्दा बोनस प्रदान गरिने छ । यस योजनामा रु. ५०, १०० र २०० को रिचार्ज कार्डबाट रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० र १०००को रिचार्ज कार्डबाट रिचार्ज गर्दा २० प्रतिशत बोनस प्राप्त हुनेछ । रु. ५०, १०० र २०० को बोनस ३ दिन भित्र र रु. ५०० र १००० को बोनस ५ दिन भित्र उपयोग गरिसक्नु पर्नेछ ।
त्यसैगरी एमपोसबाट रु. १० देखि ४९९ सम्मको रिचार्ज गर्दा १० प्रतिशत र रु. ५०० वा सो भन्दा माथिल्लो दरको रिचार्ज गर्दा २० प्रतिशत बोनस उपलब्ध हुनेछ ।
फोरजीरएलटीई सिम परिवर्तन गर्दा कुनै शुल्क लाग्ने छैन । अर्को सूचना नभए सम्म यो अफर निरन्तर रहने छ । ग्राहकले *444# डायल गरी सिम परिवर्तन गर्नु पर्ने वा नपर्ने थाहा पाउन सकिनेछ ।
पहिलो पटक फोरजीरएलटीई नेटवर्कमा रजिष्टर हुने ग्राहकलाई २ दिनको समयावधि सहितको २ सय एमबी डाटा बोनसको रुपमा उपलब्ध गराइने छ । यो छुट कम्पनीले अर्को सूचना प्रकाशित गरी सूचित नगरेसम्म जारी रहने छ ।










प्रतिक्रिया दिनुहोस्