समाचार

सब-इन्जिनियरसहित दुई जना कर्मचारी पक्राउ



बुटवल, ९ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शिक्षा विकास निर्देशनालय प्रदेश नं. ५ बुटवलका दुई जना कर्मचारीलाई घुससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा करार सेवामा कार्यरत सब-इन्जिनियर सन्दिप पौडेल र जे.सी.भी. चालक बिक्रम बस्नेत छन् । उनीहरुले सेवाग्राहीबाट लिएको एक लाख २० हजार रुपैयाँसमेत बरामद भएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिनुभयो । शुक्रबार पौडेल र बस्नेत बुटवल उपमहानगरपालिका वडा नं। २ उजिरसिंह टोलबाट घुससहित पक्राउ परेका हुन् ।

विद्यालयको भवन निर्माण कार्य सम्पन्न भई अन्तिम किस्ता वापतको बाँकी रकम विद्यालयको खातामा निकासा गर्ने सिलसिलामा घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारले निगरानी सुरु गरेको थियो ।