Banner News

कार्यवाहकमा विवादः आफूले नपाए राजीनामा दिने उपप्रधानमन्त्री निधिको चेतावनी



काठमाडौं, १०चैत । एकपछि अर्को अप्ठ्यारोमा प्रधानमन्त्री पुष्पकमल दाहाललाईउपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले पार्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री चीन भ्रमणमा जाँदा आफूलाई कार्यवहाक दिनु पर्ने अडान अघि सारेर प्रधानमन्त्री दाहाललाई निधिले अप्ठ्यारोमा पारेका छन् ।

आफूलाई कार्यवहाक नदिए राजीनामा दिने र यो सरकारलाई नै अप्ठ्यारोमा पार्ने निरन्तर चेतावनी निधिले दिदै आएका छन् ।त्यसोत भारत भ्रमणबाट फर्केकै भोलिपल्ट आफूलाई दोस्रो वरियतामा नराखे राजीनामा दिने चेतावनी पनि निधिले नदिएका होइनन् ।

अहिले पनि निधिले प्रधानमन्त्री भन्दा पछिल्लो वरियतामा आफूलाई नराखे सरकार छोड्नु पर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन् । उनको तर्क अनुसार
‘सरकारमा सहभागि भएका दल मध्ये कांग्रेस सबैभन्दा ठूलो र संसदको पनि ठूलो दल हो । गठबन्धनमा कांग्रेसबाट सरकारको नेतृत्व गर्नेलाई वरियतामा तल राख्न नहुने उनको भनाई रहँदै आएकोृ छ ।
निधिले प्रधानमन्त्रीलाई मात्रै होइन, पार्टी सभापति शेरवहादुर देउवालाई पनि आफूलाई कार्यवहाक बनाउन दवाद दिएको बुझिएको छ । उनले देउवालाई दबाब दिएकै कारण देउवाले पनि प्रधानमन्त्री दाहालसमक्ष निधिलाई कार्यवाह प्रधानमन्त्री बनाउन दवाव दिएका थिएको बुझिएको छ ।

। मन्त्रिपरिषदमा प्रधानमन्त्री भन्दा पछिल्लो मर्यादाक्रममा कमल थापालाई राखिएकोमा देउवाले आपत्ती जनाएका थिए । देउवाले प्रधानमन्त्री दाहाललाई निधिलाई कार्यवाहक दिन दवाव दिदै आएका छन् । ‘सकेसम्म चीन नजानुस्, जाने नै भए बिमलेन्द्रलाई कार्यवाहक दिएर जानुहोस् भन्दै आएको स्रोतले जानकारी गरायो । प्रधानमन्त्री दाहाल बोआओ फोरममा भाग लिन आज राती चीन जाँदैछन् ।

उता, कमलथापाले आफू पहिले पनि उपप्रधानमन्त्री भइसकेकाले पहिलो पटक उपप्रधानमन्त्री भएका निधि भन्दा मर्यादामा माथि हुनु पर्ने तर्क गर्दै आएका छन् ।

थापा उपप्रधानमन्त्री नियुक्त भएपछि मन्त्रिपरिषदको बैठकमा उनी प्रधानमन्त्री पछिको वरियतामा रहंदै आएका छन् । निधि भारत भ्रमणमा रहेका बेला बसेको मन्त्रिपरिषद बैठकमा थापालाई प्रधानमन्त्रीपछिको आसनमा राखिएको थियो ।