समाचार

आफ्नै श्रीमानको हत्या गर्ने श्रीमती पक्राउ



बर्दिया, १० कात्तिक । आफ्नै श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार बिहान ५२ वर्षीय समला दरैको हत्या गरेको अभियोगमा बाँसगढी नगरपालिका ६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई  पक्राउ गरेको हो ।

दिलमायाले आफ्नै श्रीमानको हत्या गरी फरार भएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँके खजुरा गाँउपालिक ७ गुनाना भन्ने स्थानमा फेला पारी पक्राउ गरेको हो ।

दिलमायाविरुद्ध कर्तव्य ज्यान मुद्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।