काठमाडौँ, १० कार्तिक । काठमाडौँ महानगरपालिका–३२ नरेफाँटबाट ६ जुवाडे पक्राउ परेका छन् ।
प्रहरीले नरेफाँटस्थित माया खाजा घर सञ्चालन गरी बस्ने काभ्रे तेमाल घर भएका ३७ वर्षीय सुरेन्द्र लामा घरमा तास खेलिरहेको अवस्थामा लामा सहित ६ जनालाई शनिबार दिउँसो पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट २५ हजार ४३ सय रुपैयाँ नगद र ३ बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्