काठमाडौँ १० कार्तिक । वीरगन्जमा एक जना युवाको हत्या भएको छ। वीरगन्ज महानगरपालिका कार्यालयको बारुण यन्त्रका कर्मचारी रहेका बुनिलाल चौरसियाको गोली हानी हत्या भएको हो ।
वीरगन्ज नगवास्थित बाइपास सडकको छेउमा रहेको पोखरीको किनारमा तन्ना र प्लाष्टिकको बोराले बेरेर फालिएको अवस्थामा चौरसियाको शव शुक्रबार फेला परेको थियो । पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले चौरसियाको गोली हानेर हत्या गरिएको बताए ।
नारायणी अस्पतालमा शवको पोष्टमार्टमपछि गोली लागि हत्या भएको खुलेको हो। चिकित्सकका अनुसार चौरसियाको टाउकोमा २, छातीमा २ र नाइटोमा १ गरी ५ वटा गोली लागेको छ।
शवको पोष्टमार्टम रिपोर्ट आइ नपुगे पनि गोली हानेरै हत्या भएको अनुसन्धानमा देखिएको प्रहरी उपरीक्षक राठौरले बताए। प्रहरीले अनुसन्धानको क्रममा एक दम्पतिलाई शुक्रबार राति नियन्त्रणमा लिएको छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।










प्रतिक्रिया दिनुहोस्