पाल्पा, ११ कार्तिक । शनिवार रातीवाट जुवाखेलीरहेको अवस्थामा आईतबार बिहानै ४ बजेको समयमा १३ जना जुवाडे प्रहरीको नियन्त्रणमा परेका छन् ।
रिब्दीकोट गाँउपालिका ७ बतासेवाट कौडाखेलीरहेको बेला जुवाको खालबाट ५ लाख ४५ हजार ८ सय ५५ नेपाली रुपिया र २५ सय २० भारतीय रुपिया भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
नियन्त्रणमा पर्नेहरुमा यम बहादर कुँवर, सुन्दर कुँवर, शिब चौहान, सचिन कुँवर, नारायण बहादुर कुँवर, तारा कुँवर, सुन्दर श्रेष्ठ, देब कुमार पराजुली, गोपाल कुँवर, गौरब कुँवर, कमल कुँवर, बिष्ण बहादुर थापा र समुन्द्र कुवर रहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्