चितवन, ११ कार्तिक । खैरहनी नगरपालिकामा बस र मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ ।
खैरहनी ८ पर्सा बजारमा राती पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ६ ख१७४१ नम्बरको बसमा ना ५५ प २१३१ नम्बरको मोटरसाइकल ठक्कर खादा मोटरसाइकल चालक खैरहनी १ बस्ने बर्ष ३० को अनिल अधिकारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
दुर्घटनामा परि गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्