समाचार

लागूऔषधसहित चार जना पक्राउ



काठमाडौँ, ११ कार्तिक । लागूऔषधसहित ४ जनालाई महानगरीय प्रहरी प्रभाग नागढुङगाले नियन्त्रणमा लिएको छ ।

चन्द्रागिरी २ स्थित चेक प्वइन्टमा काँकडभित्ताबाट काठमाडौँ आउँदै गरेको ना ७ ख ७७३० नम्बरको बसबाट दुई जना र एकलाई चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डाबाट नियन्त्रण गरिएको हो ।

उदयपुर त्रियुगा नगरपालिका–११ घर भएका २४ वर्षीय लक्ष्मण तामाङ्ग र मोरङ्गको कानेपोखरी गाउँपालिका–५ घर भएका २४ वर्षीय प्रकाश मगर र उक्त लागूऔषध भक्तपुर नगरपालिका–४ का २६ बर्षीय ईन्द्र बहादुर कपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट लागूऔषध नाइट्राभेट ५५४ ट्याब्लेट र ४ क्याप्सुल स्पास पोक्रन बरामद भएको छ ।

त्यस्तै बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ३८९ नम्बरको बस चेक जाँच गरी सोही बसमा काभ्रे पनौती नगरपालिका–१० का २४ वर्षीय रविन थापालाई समेत लागूऔषध फेनारगन १४५ एम्पल, डाइजेपाम १२० एम्पल र नुफिन ९६ एम्पलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।