एजेन्सी, १४ कार्तिक । लेबनानका प्रधानमन्त्री साद अल हरिरीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
मंगलबार उनले देशवासीको नाममा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका हुन् । विगत दुई हप्तादेखि सरकारविरोधी प्रदर्शन जारी रहेका बेला प्रधानमन्त्रीले राजीनामा दिएका हुन् ।
आर्थिक अस्तव्यवस्ता, भ्रष्टाचार र गरिबीविरुद्ध भन्दै बिगत १४ दिन अघिदेखि लेबनानमा सरकारविरोधी प्रदर्शन भइरहेको थियो । १७ अक्टोबरमा सरकारले ह्वाट्सयाप कलमा पनि कर लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्