काठमाडौं । कुखुराको मासु किनेर ल्याएपछि वा फ्रिजमा राखेर निकालेपछि धेरैको बानी छः तातो पानीमा डुबाएर मात्रै पकाउने । तपाईं पनि कुखुराको मासु धोएर पकाइरहनु भएको छ रु छ भने अबदेखि छाडिदिनुस् । द टेलिग्राफमा प्रकाशित रिपोर्ट अनुसार वैज्ञानिकहरुले कुखुराको मासु धोएर पकाउन नहुने भन्दै यसो नगर्न चेतावनी नै दिएका छन् ।
कुखुराको मासु धुँदा क्याम्पाइलोब्यक्टर ब्याक्टेरिया फैलिने र यसले खानालाई विषाक्त बनाउने उनीहरुको भनाइ छ । अधिकांश कुकहरुले सफा बनाउने नाममा पकाउनुअघि मासु धुने गरेका छन् ।
वैज्ञानिकहरुले वर्षेनी देखिने क्याम्पाइलोब्यक्टर ब्याक्टेरिया मुख्यतः कुखुराको मासुबाट नै फैलिने गरेको बताएका छन् । यो ब्याक्टेरियाले पेट दुखाउने, झाडा पखाला, बान्ता हुनेलगायतका समस्या हुनेछ ।
कुखुराको मासु धोएर पकाउने कुरालाई ध्यानमा राखेर यो चेतावनी जारी गरिएको शोधकर्ता वैज्ञानिकहरुले बताएका छन् ।
जनता डटकमबाट
प्रतिक्रिया दिनुहोस्