काठमाडौँ, १५ कार्तिक । एन आई सी एशिया बैंक लिमिटेड र टिथ सेभर्स प्रा.लि. त्रिपुरेश्वरबीच एन आई सी एसिया बैंकका सम्पूर्ण ग्राहक महानुभावहरुलाई टिथ सेभर्स डेन्टल क्लिनिकमा दाँतसम्बन्धी उपचार गराउँदा १५% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले टिथ सेभर्समा दाँतसम्बन्धी उपचार गराउँदा उक्त छुट लिन सकिने बैंकले आज एक विज्ञप्ती जारी गरी जानकारी गराएको छ ।
सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बैंकिङ्ग विभागका प्रमुख प्रवीण रेग्मी र टिथ सेभर्सको तर्फबाट अध्यक्ष उषा घिराईयाले हस्ताक्षर गर्नुभएको नायव प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।










प्रतिक्रिया दिनुहोस्