विश्व

चीनले बनायो ब्याट्रीबाट चल्ने प्लेन



एजेन्सी, १५ कार्तिक । चीनले ब्याट्रीबाट उड्ने प्लेन बनाएको छ ।

चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार मंगलबार ब्याट्रीबाट चल्ने प्लेनको सफल परीक्षण उडान भएको छ । आरएक्सफोरई नाम दिइएको ब्याट्रीबाट चल्ने प्लेनले चीनको उत्तरपूर्वी शहर सेन्याङबाट उडान गरेको हो ।

१२ सय किलोग्राम तौल भएको प्लेन ४ सिटको छ। ८।४ मिटर लामो प्लेन ब्याट्री एक पटक फूल चार्ज भए ३०० किलोमिटर उड्न सक्छ ।