Banner News

प्रधानमन्त्री ओलीद्वारा १४ वटा हिमाल आरोही पूर्जालाई बधाई



काठमाडौँ, १५ कार्तिक । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सात महिनामा ८ हजार मिटर भन्दा अग्ला १४ वटै हिम शिखर आरोहण गरी नयाँ कीर्तिमान कायम गरेकोमा निर्मल पूर्जालाई बधाई दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल ट्युटरमा ट्युवीट गर्दै बधाई दिनुभएको हो । उहाँले भन्नुभएको छ,‘‘यस सफलता मार्फत नेपाली जातिको कठोर मेहनेतलाई पनि उजागर गर्नु भएकामा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’’