Banner News

प्रधानमन्त्री ओलीको सक्रियता बढ्यो : दुई वटा विशेष बैंठक आज वस्दै



काठमाडौँ, १७ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय तथा मन्त्रीपरिषद्को बैठक आज बस्ने भएको छ ।

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बिहान ११ बजेको लागि बोलाउनुभएको छ । त्यसैले रोकिएका कतिपय निर्णय गर्नका लागि आज बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिनुभयो । अघिल्लो हप्ता प्रधानमन्त्री असंलग्न आन्दोलनको दोस्रो शिखर सम्मेलनमा गएका कारण मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन ।

मन्त्रिपरिषद् बैठकपछि सचिवालय बैठक पनि बोलाइएको छ । मन्त्रीपरिषद् कति लामो बस्छ त्यस अनुसार सचिवालयको समय तय हुने नेताहरुले जानकारी दिनुभएको छ । सचिवालय बैठकले उपनिर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेद्धारको टुंगो लगाउने छ ।a