राजनीति

राष्ट्र बैंकको बोर्ड बैठक बस्दै : डेपुटी गभर्नरको बर्खास्तबारे छलफल हुने



काठमाडौँ, १७ कार्तिक । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठलाई बर्खास्त गर्नेरनगर्ने भन्ने विषयमा छलफल गर्न राष्ट्र बैंकको आज बोर्ड बैठक बस्ने भएको छ ।

श्रेष्ठलाई बर्खास्ती गर्ने प्रक्रिया मन्त्रिपरिषद्बाट नै अगाडि बढिसकेको भन्दै अर्थ मन्त्रालयले जानकारी गराएपछि गभर्नर डा। चिरञ्जीवी नेपालले आइतबार सञ्चालक समित बैठक बोलाउनुभएको छ । नेपाली कांग्रेसको कोटाबाट डेपुटी गभर्नर बनेका श्रेष्ठको काम–कारवाहीबाट मन्त्रालय असन्तुष्ट रहेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार, डेपुटी गभर्नरमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धानमा असहयोग गरेको आरोप छ । ०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । बर्खास्त गर्नका लागि सञ्चालक समितिले निर्णय गर्नुपर्ने हुन्छ ।

आइतबारको बैठकमा सोही विषयमा छलफल हुने भए पनि निर्णय भने नहुने गभर्नरको कार्यालयका एक अधिकारीले बताए । ‘आज बस्ने बैठकमा बैंकको मर्जर मुख्य एजेण्डा हो । यद्यपि, यो विषयमा पनि छलफल हुनेछ’ ती अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘तर आजै निर्णय हुँदैन । सबै सञ्चालकहरूको राय लिएर गभर्नर सा’पले छानबिन समिति बनाउन सक्नुहुनेछ ।’