भक्तपुर, १८ कार्तिक । डिप्रोक्स लघुबित्त बित्तिय संस्था लि. भरतपुर चितवनद्वारा संस्थागत उत्तरदायित्व कार्यक्रम अन्तर्गत मानव कल्याण समाज (सेवा घर)लाई सहयोग गरेको छ ।
शनिवार संस्थाले वेवारीसे सडक मानवकाले लागि मानविय सेवा गर्दै उक्त संस्थालाई कलर टेलिभिजन १ थान, कुर्सि ९० थान, दुई तले बेड तीन थान र बिहानिको भोजन गराएको छ । सहयोग हस्तान्तरण गर्दै उक्त संस्थाले आगामी दिनमा पनि उक्त समाजिक कार्यको लागि साथ र सहयोग निरन्तर गरिरहने प्रतिवद्धता जनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथि डिप्रोक्स लघुबित्त बित्तिय संस्था लि।का सन्चालक रमेश कुमार रघुबंशि, अतिथि प्रमुख कार्यकारी अधिकृत अमराज खड्का रहनुभएको थियो । कार्यक्रममा बुद्दिराज घिमिरेले सहयोग हस्तान्तरण गर्नुभयो । कार्यक्रम सेवा घरका सल्लाहकार अभिभावक बालमुकुन्द सुवालको अध्यतामा सम्पन्न उक्त कार्यक्रम सम्पन्न भएको थियो ।










प्रतिक्रिया दिनुहोस्