राजनीति

महरालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतको आदेश



काठमाडौँ, १८ कार्तिक । जिल्ला अदालत काठमाडौँले बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनामा पठाएको हो । उनलाई डिल्लीबिजार कारागार लगिनेछ ।