सुर्खेत, कार्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषधसहित आज दुई युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले वीरेन्द्रनगर नगरपालिका–६ सुर्खेत चिसापानीका २६ वर्षीय नवीन खड्का र सोही नगरपालिका–११ सुर्खेत पिपिरा चोक बस्ने २४ वर्षीय रमेश थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पक्राउ परेका खड्काबाट ८० मिलिग्राम र थापाबाट एक ग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्