हेटौंडा, १९ कार्तिक । हेटौँडा १५ रातोमाटे लच्कामा ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
सोमबार राति पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा बजारबाट बारातर्फ जाँदै गरेको ना ३८ प ६४० नम्बरको मोटरसाइकल र बाराबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ७३१७ नम्बरको ट्रक एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक हेटौँडा १५ रातोमाटे बस्ने ३५ वर्षीय औतार स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी गम्भीरु घाइते हुनेमा मोटरसाइकलमा सवार जितपुर सिमरा उपमहानगरपालिका– २२ तीन नम्बर पुल बस्ने ३२ वर्षीय मनिष लामा रहेका छन् । घाइते लामाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्