राजनीति

कांग्रेस नेता आलमको बयान रोकियो



काठमाडौँँ, १९ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा सांसद मोहम्मद अफताब आलमको बयान रोकिएको छ ।

रौतहट जिल्ला अदालतमा भइरहेको बयानमा आलमका कानुन व्यवसायीहरुले मिसिलको नक्कल उपलब्ध नगराएको भन्दै विरोध गरेपछि बयान रोकिएको हो । ज्यान मारेको, ज्यान मार्ने उद्योग गरेको र अवैधानिक रुपमा विस्फोटक पदार्थ राखेको अभियोगमा मंगलबारदेखि अदालतमा आलमको बयान लिइएको थियो ।