काठमाडौँ, २० कार्तिक । एक केजी सुनसहित एक जनालाई गोकर्णेश्वर नगरपालिका–५ गोठाटार पुल छेउबाट प्रहरीले पक्राउ गरेको छ ।
सोमबार साँझ फाइन गोल्ड ९९९.९.वाई.१७५२७७ लेखिएको १ केजी सुनसहित भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका–९ घर भएका २९ वर्षीय बिशाल लामालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोमबार साँझ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरी उक्त सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्