जाजरकोट, २० कार्तिक । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पिछडिएको जिल्लाबाट जाजरकोटको परिचय बदल्नका लागि धेरै दिन पर्खनु नपर्ने दावी गर्नुभएको छ ।
जिल्ला समन्वय समितिको समीक्षा बैठकमा उहाँले पूर्वाधार निर्माणनै विकासको पहिलो आधार भएकाले जिल्लाका सबै सडकको स्तरोन्नतिको लागि यसै आवबाट काम शुरु हुने उल्लेख गर्नुभयो । भेरी करिडोरअन्तर्गत रिम्ना–दल्ली सडकखण्डको यसै आर्थिक वर्षमा स्तरोन्नतिको काम हुने उहाँले स्पष्ट पार्नुभयो ।
लुम्बिनी–रारा सडक खण्डअन्तर्गत जाजरकोट खण्डको खलङ्गा–पाँचकाटिया सडक खण्डमा बजेट निर्धारण गरी काम गर्न लागिएको बताउँदै उहाँले पहिलो चरणमा सबै स्थानीय तहमा सडक कालोपत्र गर्ने काम हुने उल्लेख गर्नुभयो ।
मन्त्री बस्नेतले सडक निर्माण नै विकासको पहिलो आधार भएकाले सडक निर्माणपछि मात्र हाम्रा गाउँमा उत्पादित वस्तु बजारसम्म पुग्ने भन्दै अर्थ उर्पाजनको मुल आधार त्यहीबाट शुरु हुने बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्