समाचार

भिरमौरीका मह खान खोदा एक जनाको मृत्यु



लमजुङ, २० कार्तिक । लमजुङमा भिरमौरीको सिकार गर्ने क्रममा एक जनाको मृत्यु भएको छ ।

दोर्दी गाउँपालिका–६ छोटेखोलामा भिरमौरीको सिकार गर्ने क्रममा चिप्लेर करीब ८० मिटर तल खसेर स्थानीयवासी २६ वर्षीय गोपाल गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको एम्बुलेन्समा बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो । मृतक गुरुङलगायत १० जना भिरमौरी काट्न गएका थिए ।