काठमाडौँ, २० कार्तिक । भरुवा बन्दुक पड्किएर एक जनाको मृत्यु भएको छ ।
ओखलढुंगामा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किएर गम्भीर घाइते भएका सोही ठाउँका १७ वर्षीय लालमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा र इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट खटिएको टोलीले बाँदर लखेट्ने समूहका एक जनालाई पक्राउ गरेको छ ।
मोलुङ-३ का २१ वर्षीय चित्रबहादुर सुनुवारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।b










प्रतिक्रिया दिनुहोस्