गुल्मी, २० कार्तिक । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मङ्गलबार गुल्मीको इस्मा गाउँपालिकाका वडा नं १ र २ जोड्ने हस्तीचौर झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको छ ।
छिनुवा घर्तीफाँट छल्दीखोलामा निर्माण गरिएको उक्त पुलको उद्घाटन गर्दै उहाँले सबैका घरमा स्वच्छ पिउनेपानीका धारा, विद्यालयसम्म सहज पहुँच, महिला उद्यम, सुरक्षित आवासलगायतका आधारभूत माग पूर्तिका लागि सरकार लागिपरेको बताउनुभयो ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय, स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग, सस्पेन्शन ब्रिज डिभिजन, पुल्चोक ललितपुरको मातहतमा पुल निर्माण गरिएको हो ।
कूल ३०४ मिटर लम्बाइ रहेको पुल ९१ मेट्रिक टन अर्थात् ६५६ पदयात्री एकैपटक यात्रा गर्न मिल्ने गरी विराट/अन्नपूर्ण जेभीले निर्माण गरेको छ ।










प्रतिक्रिया दिनुहोस्