अर्घाखाँची, २० कार्तिक । सन्धिखर्कको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्