Banner News

एनसेलको २६ अर्ब कांग्रेस –माओवादीको चुनावी खर्च भएको बाबुरामको आरोप



रौतहट,१० चैत्र । नयाँ शक्ति पार्टी नेपालका संयोजक बाबुराम भटराईले नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको सरकारले एनसेललाई २६ अर्ब रुपैयाँ कर छुट दिएर स्थानीय निर्वाचन खर्च जुटाएको आरोप लगाएका छन् ।

हिमाल,पहाड र तराई अभियान अन्तर्गतरौतहटको चन्द्रनिगाहपुरमा आयोजित सभामा बोल्दै संयोजक भट्टराईले विकासका नाममा प्रचण्ड सरकारले कार्यकर्तालाई रकम बाँडेर चुनाव जित्ने अभियान चलाएको आरोप लगाए ।

‘कांग्रेसले बिपीको निधनसँगै आफ्नो सिद्धान्त गुमायो र एमाले पनि मदन भण्डारीको निधनसँगै विचारविहीन बन्यो,’ भट्टराईले भने– ‘माओवादी केन्द्र सकिने अवस्थामा पुगेको छ भने मधेसी, आदिवासी र जनजातिको अधिकारका लागि नयाँ शक्ति निरन्तर सक्रिय हुनेछ ।’
उनले संविधान संसोधन गरेर मात्रै तीनै तहको निर्वाचन हुनु पर्नेमा जोड दिए ।