Banner News

कृषिको व्यवसायीकरण गर्न सहकारी आवश्यक : मन्त्री अर्याल



काठमाडौँ, २१ कार्तिक । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मंत्री पदमा अर्यालले कृषिको विकासमा व्यवसायीकरण गर्न सहकारी आवश्यक भएको बताएकी छन ।

सहकारी विभाग काठमाडौँद्वारा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित स्थानीय तहका पदाधिकारीबीच ‘सहकारी नियमन तथा प्रवद्र्धन’ विषयक अन्तक्र्रिया गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले सहकारीका माध्यामबाट समृद्धि सम्भव भएको बताएकी हुन

उनले भनिन, ‘समाज परिवर्तनमा महत्वपूर्ण भूमिका रहेको सहकारीलाई थप प्रभावकारी बनाउनु आवश्यक छ, सहकारीका समस्या समधान नगरे भोलिका दिनमा सहकारीका सदस्यमा निरासा आउँछ ।’

स्थानीय सरकारले सिक्ने, टिक्ने र विक्ने मन्त्रलाई आत्मासात् गर्नुपर्ने बताउदै उनले आयातभन्दा निर्यात बढाउन कर्णालीका स्थानीय जनप्रतिनिधिलाई आफ्नो पालिकामा कुनै एक नमूना काम गर्न सुझाएकी छन ।

सरकारले भू–उपयोग ऐन ल्याएको जानकारी दिँदै मन्त्री अर्यालले अब कसैले पनि जमीन बाँझो राख्न नमिल्ने बताइन ।