राजनीति

१५ सय सीमास्तम्भ गायब



काठमाडौँ, २२ कार्तिक । नेपाल र भारतको सीमा छुट्याउन गाडिएका ८ हजार ५ सय ५३ सीमास्तम्भमध्ये एक हजार पाँच सय स्तम्भ हराएको छ ।

दुई देशबीचको एक हजार ८ सय ८० किमि लामो सीमा छ । सरकारले २०७१ सालदेखि नेपाल–भारत सीमा क्षेत्रमा वैज्ञानिक मापन सुरु गरेको छ । यसका लागि ५ वर्षअघि नै नेपाल–भारत संयुक्त सीमा कार्यदल गठन गरिएको थियो । कार्यदलले सीमास्तम्भमध्ये ८ हजार ५७ वटाको अध्ययन गरेको छ । बाँकी ४ सय ९६ स्तम्भका अध्ययन नै नभएको नापी विभागले जनाएको छ ।

विभागको स्थलरुप नापी शाखाका प्रमुख दयानन्द जोशीका अनुसार अध्ययन गरिएका स्तम्भमध्ये १ हजार ६ सय ९८ वटाको मर्मत र २ हजार ३५ वटा पिलर पुनर्निर्माण गरिएका छन् । यो समाचार नागरिकलेमा छापिएको छ ।