काठमाडौँ, २२ कार्तिक । भारतले हालै जारी गरेको नयाँ नक्साका बारेमा नेपाल सरकारको ध्यानाकर्षणबारे प्रतिक्रिया सार्वजनिक गरेको छ ।
उक्त नक्सामा नेपाली भूभाग कालापानी र लिपुलेक भारतमा परेको भन्ने विषयमा नेपालले आपत्ति जनाएको भोलिपल्ट भारतले धारणा सार्वजनिक गरेको हो ।
लिखित रुपमा धारणा सार्वजनिक नगरिसकेको भारतले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिने क्रममा नयाँ नक्सामा कुनै परिवर्तन नगरेको स्पष्ट पारेको हो ।
भारतीय विदेश मन्त्रालयले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्वक्ता रविश कुमारले भारतले नयाँ नक्सामा नेपालसँगको सिमानामा कुनै परिमार्जन नगरेको स्पष्ट गरेको छ । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।










प्रतिक्रिया दिनुहोस्