काठमाडौँ, २३ कार्तिक । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सिमा क्षेत्रमा काम गरेका विशेषज्ञसङ्ग छलफल गर्नुभएको छ ।
मन्त्री पोखरेलले लिपुलेख, लिम्पियाधुरा र कालापानी क्षेत्रमा २०१८ सालमा जनगणना गराउनु भएका वरिष्ठ व्यक्तित्व भैरव रिसाल (९२ वर्ष)को निजि निवास घट्टेकुलो पुगेर अन्तरङ्ग छलफल गर्नुभएको हो ।
उहाँको स्वास्थ स्थिति बुझ्दै अझ सक्रिय र दीर्घ जिवनको शुभकामना दिदै उहाँको लेखनबाट आफु प्रभावित भएको बताउनुभयो । २०१८ सालको जनगणनाको तथ्य र अनुभव सुन्नुभयो ।
तत्कालीन डडेल्धुरा जिल्लाअन्तर्गत रहेको हाल दार्चुलाको कालापानी क्षेत्रका सम्बन्धमा उहाँको विश्लेषण र एेतिहासिक सन्दर्भहरु देशकै लागि लाभदायी रहेको उल्लेख गर्दै विशेष प्रशंसासमेत गर्नुभयो । रिसालले त्यतिबेला आफुले भारतमा नभएर नेपालमा नै जनगणना गराएको प्रष्ट पार्नुभयो ।










प्रतिक्रिया दिनुहोस्