चितवन, २४ कार्तिक । गुणस्तरीय उपचार सेवाका लागि मुलुकै अग्रणी चितवन मेडिकल कलेज र वेलायतको युनिर्भसिटि अफ बोलटन विच सम्बन्ध गासिएको छ ।
मेडिकल उच्च शिक्षाका लागि चितवन मेडिकल कलेज र युनिर्भसिटि अफ बोलटन विच एकआपसमा हस्ताक्षर गर्दै नेपाल र वेलायतमा मेडिकल शिक्षाको थप विकास गर्ने विषयमा सम्झौता गदै विशेष सम्बन्ध गाासिएको हो । एक भव्य समारोहका विच चितवन मेडिकल कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रोफेसर डा।हरिश्चन्द्र न्यौपाने र बोलटनका डपुटी भाईस चान्सलर डा। कोन्डल रेडी कनडडीले सम्झौतापत्र आदानप्रदान गरेका थिए ।
विशिष्ट उपचार, रिसर्च, मानव संसाधन तथा शैक्षिक तालिमको आदानप्रदान लगायतका विविध विषयमा सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सो अवसरमा कलेजका अध्यक्ष डा। न्यौपानेले नेपालका चिकित्सकहरूलाई वेलयातमा उच्च विशष्टि तालिम गराई नेपालमा सेवा ग़राऊनका लागि यो सम्झौता बुहुआयामीक हुने बताए ।
सम्झौता पत्रमा यो सहमतिले आ आफ्नो देशमा भएको अनुभव, ज्ञान प्रविधि आदानप्रदान गर्ने तथा संयुक्त रुपमा उपचार लगायतका अन्य मेडिकल विषयमा रिसर्च एवं कार्यक्रमहरु गर्ने उल्लेख छ । मध्य नेपालको चितवनमा स्थापित कलेज जिल्लामा विशिष्टकृत उपचार सेवासगैँ घरमा नै बसेर डाक्टर पढ्न पाउन र उपचार पाउने सेवा दिदै आएको छ । कलेजले विभिन्न १२ वटा भन्दा बढी विभागको उपचार सेवा विशेष ध्यान दिएको छ ।










प्रतिक्रिया दिनुहोस्