समाचार

स्कुटर दुर्घटना हुदा एक जनाको मृत्यु



चितवन, २४ कार्तिक । भरतपुर महानगरपालिका–७ तेह्रसालचोकमा स्कुटर अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ ।

आज बिहान ना५९प ३३७० नंको स्कुटर तेह्रसालचोकमा अनियन्त्रित भई पल्टिएदा २६ वर्षीय सुवास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

स्कुटरमा पछाडि सवार एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा रत्ननगर नगरपालिका–६ की २० वर्षीया पुजा सुनार हुन् । पछाडि सवार घाइते सुनारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।