पाल्पा, कार्तिक २४ । पाल्पाको बगनासकाली -७ कालीगण्डकी किनारमा एक युवक मृत अवस्थामा फेला परेको छ ।
नाम नखुलेको अन्दाजी १५ बर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरिक्षक कृष्णराज सापकोटाले बताएका छन् ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको उनले बताए । अहिले शव पहिचान तथा मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।










प्रतिक्रिया दिनुहोस्