राजनीति

नेकपाको सचिवालय बैठक बस्दै : यस्ता छन् एजेण्डा



काठमाडौँ, २५ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्ने भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले सोमवार बिहान बस्ने गरी सचिवालय बैठक बोलाउनु भएको छ । पार्टी एकताका बाँकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखेर सचिवालय बैठक बोलाइएको हो ।

सोमवार बिहान ९ बजे बस्ने सचिवालय बैठकका लागि महासचिव बिष्णु पौडेलले आवश्यक सवै गृहकार्य पूरा गरिसक्नुभएको छ । नेकपामा केन्द्रीय आयोग, बिभागले पुर्णता पाउन बाँकी रहेको छ । बैठकमा सरकार र पार्टी कामको समेत समीक्षा हुने बताइएको छ ।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले आफ्नो सचिवालय र सल्लाहकार समुहको बिषयमा लिइएको पछिल्लो निर्णयबारे समेत जानकारी गराउनु हुनेछ ।