काठमाडौँ, २५ कार्तिक । लागूऔषधका मुद्दाका फरार प्रतिवादी नुवाकोट म्यागन गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष ३७ वर्षीय राम बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०५९ असोज २४ गते ठमेलबाट लागूऔषध चरेश ७ केजी सहित पक्राउ परेका तामाङलाई लागूऔषध मुद्दामा जिल्ला अदालत काठमाडौंको २०६१ जेष्ठ २७ गतेको फैसलाले ३ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना ठहर भएको थियो ।
अनुसन्धानको क्रममा ३ महिना ७ दिन हिरासतमा रही २ वर्ष ८ महिना २३ दिन कैद वेरुजु रही हाल फरार रहेका तामाङलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटसँग समन्वय गरी महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
तामाङलाई जिल्ला अदालत काठमाडौंमा पेश गरिएको उक्त परिसरले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्