काठमाडौँ, २५ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीबाट लिएको अवैध शुल्क फिर्ता दिन मेडिकल कलेजलाई गरेको छ ।
आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले आफ्ना विद्यार्थीहरुको माग सम्बोधन गर्न निजी मेडिकल कलेजहरुलाई आग्रह गरेका हुन ।
१५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउन आग्रह गर्दै गृह मन्त्रालयलाई सोमबार नै पत्र लेख्ने शिक्षा मन्त्रालयको तयारी रहेको छ ।
तालाचाबी बुझाइदिन्छौं भनेको भरमा निजी मेडिकल कलेजहरु उम्कन नपाउने मन्त्री पोखरेलले बताए ।










प्रतिक्रिया दिनुहोस्