सम्पादकीय

लन्डन आक्रमणमा नेपाली सुरक्षित, तर त्रसित



काठमाडौं, ११ चैत ।  लन्डनको वेस्टमिनिस्टरमा बुधबार भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् ।

बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घटनापछि बेलायतका नेपालीसमेत त्रसित छन् । ‘बेलायतमा पनि ढुक्कसँग बस्न सकिएन’ एक नेपालीले भने ।

उक्त आक्रमणमा हालसम्म नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । कान्तिपुरमा समाचार  छ ।